FAQs Complain Problems

३६.नगर खेलकूद विकास कार्यविधि २०७८

मध्यनेपाल नगरपालिकामा शैक्षिक क्षेत्रभित्र वा बाहिर खेलकुदको माध्यमबाट समाजमा अनुशासन र  सामाजिक सद्भाव कायम राखी युवाहरुलाई धुम्रमान, मध्यपान, लागु पदार्थ दुर्व्यसनको कुलतबाट  जोगाई शारीरिक तथा मानसिक विकास गरी सक्षम, अनुशासित र सुसंस्कृत समाजको निर्माणको  निमित्त मध्यनेपाल नगरपालिका क्षेत्रभित्र खेलकुदमा स्वच्छ प्रतिष्पर्धाको भावना जागृत गराई परिश्रम  र परिवर्तन प्रति सचेत स्वस्थ नागरिक बनाउनको लागि विभिन्न तालिम तथा खेलकुदसम्बन्धी  प्रतियोगीताहरु सञ्चालन गरी सबै किसिमको खेलकुद आयोजना गर्न तथा स्थानीय, प्रदेश, राष्ट्रिय  तथा अन्तरराष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा मध्यनेपाल नगरपालिकाको उपयुक्त सहभागिता  समेतको आवश्यक व्यवस्था गरी खेलकुदको विकास गर्न आवश्यक देखिएकोले स्थानीय सरकार  सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ४ को (क) बमोजिम हुन वान्छनीय भएकोले  मध्यनेपाल नगरपालिकाको प्रशासकीय कार्यविधी (नियमित गर्ने) ऐन २०७४ को दफा ४ ले दिएको  अधिकार प्रयोग गरी नगर कार्यपालिकको मिति २०७८।०१।१४ गतेको निर्णयबाट यो “नगर  खेलकुद विकास कार्यविधि, २०७८” जारी गरिएको छ ।

खण्ड : 
4
संख्या : 
5
भाग : 
2
बर्ष : 
२०७८
महिना : 
०३
गते : 
२२