FAQs Complain Problems

समाचार

हाम्रो पात्रो

मध्यनेपाल नगरपालिकाको र्सक्षिप्त परिचय

नेपालको मध्यभागमा मीदिम र पिस्ति खोलाको संगम तटमा अवश्थित यस मध्यनेपाल नगरपालिका लम्जुङ्गको १० ओटा गा. बि. सा.( जिता, तान्द्धङ टक्सार, सुर्यापाल, रम्घा, समिभञ्यङ, भोर्लेटार, इशानेश्वर, करापू, बाङग्रो र नेटा) लाई समेटेर २०७३ सालमा यस मध्यनेपाल नगरपालिकाको नामकरण गरि घोषण गरिएको हो। काठमाडौबाट १८० कि.मी पश्चिम तथा पेखराबाट ३२ कि.मी पूर्वमा अवश्थित यस मध्यनेपाल नगरपालिका ४ नं प्रदेश अन्तर्गत लम्जुङ्ग जिल्लाको एक ब्यपारिक केन्द्ध भोर्लेटारमा पर्दछ। यो नगरपालिकालाई पूर्वमा सुन्दरबजार नगरपालिका, पश्चिममा कास्की जिल्ला र दक्षिणमा व्यस नगरपालिकाले घेरिएको छ। ११३.८६ वर्ग कि.मी क्षेत्रपmलमा फैलिएको यस नगरपालिकाको २०६८ सालको जनगणना अनुसार १२,९१४ महिला र १०,४६९ पुरुष गरि जम्मा २३,३८३ जनसंख्या रहेको छ। शिक्षको क्षेत्रमा हाम्रो यस नगर धरै अघाडी रहेको र करिब ९० प्रतिशत जनसंख्य साक्षर रहेकाछन्। यस नगरपालिकामा मुख्या जातिको रुपमा गुरुङ्ग, ब्राह्ण, क्षेत्री, नेवार, मगर, दुरा, कामी आदि रहेका छन् भने नेपालि लोक संगितमा दुर्लभ मानिने ठाडोभाका लोक गितको जन्मथलो मानिने यस क्षेत्रमा बिभिन्न जातिय तथा परम्परागत नृत्यहरु पनि छन्।

वडा नं १(जिता)

Undefined

संगठनात्मक स्वरुप

मध्यनेपाल नगरपालिका, लम्जुङ्ग
नगर कार्यकालिकाको कार्यालयको विद्यमान संगठन संरचना

मध्यनेपाल नगरपालिका, लम्जुङ्ग
नगर कार्यकालिकाको कार्यालयको विद्यमान संगठन संरचना

मध्यनेपाल नगरपालिकाको संक्षिप्त परिचय

 नेपालको मध्यभागमा अवस्थित यस मध्यनेपाल नगरपालिका प्रसिद्ध धार्मिक स्थल ईशानेश्वर महादेवको काखमा रहेको छ।  साविकका  १० ओटा गा. वि. स.हरु ( जिता, तान्द्राङ-टक्सार, सुर्यपाल, रम्घा, समिभञ्यज्याङ्ग, भोर्लेटार, इशानेश्वर, करापू, बाङ्ग्रे र नेटा) लाई समेटेर २०७३ सालमा यस नगरपालिकाको नामाकरण गरि घोषणा गरिएको हो।

काठमाण्डौबाट १८० कि.मी पश्चिम तथा पोखराबाट  ३२ कि.मी पूर्वमा अवस्थित यस नगरपालिका गण्डकी प्रदेश अन्तर्गत लम्जुङ्ग जिल्लाको केन्द्र  भोर्लेटारमा अवस्पथित छ। यो नगरपालिकालाई पूर्वमा सुन्दरबजार नगरपालिका, पश्चिममा कास्की जिल्ला र दक्षिणमा ब्यास नगरपालिकाले घेरिएको छ।

                ११३.८६ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको २०७८ सालको जनगणना अनुसार ६४२७ घरधुरीमा गरिएको सर्वेक्षणमा  ११,८९५ महिला र १०,०७६ पुरुष गरि जम्मा २१,९७१ जनसंख्या रहेको छ। शिक्षाको क्षेत्रमा हाम्रो यस नगर धरै अघाडी रहेको र करिब ७८.९ प्रतिशत जनसंख्या साक्षर रहेका छन्।

                यस नगरपालिकामा मुख्य जातिको रुपमा गुरुङ्ग, ब्राह्मण, क्षेत्री, नेवार, मगर, दुरा, कामी आदि रहेका छन् भने नेपाली लोक संगीतमा दुर्लभ मानिने ठाडोभाका, लोकगीतको जन्मथलो मानिने यस क्षेत्रमा बिभिन्न जातिय तथा परम्परागत नृत्यहरु पनि छन्। जसमा घाटु, चुड्का, कौरा र परम्परागत तिजका गित तथा नृत्यहरु यस नगरपालिकाका सर्वाधिक लोकप्रिय संकृतिहरु  हुन्।

                नगरवासिहरु आंसिक रुपमा जागिरे, व्यापार र वैदेशिक रोजगारीमा संलग्न भएतापनि कृषि नै मुख्य आर्थिक स्रोत रहेको छ। खहरे, गोल्याङ्दि, रिस्ति, चर्दि, मिदिम, पिस्ति जस्ता खोलाका काखमा रहेका फाँटहरु उर्भर र सदाबहार छन्।

हरेक बर्ष हिन्दुहरुको  महान पर्व शिवरात्रिको अवशर पारेर हजारौँ श्रद्धालु भक्तजनहरु हाम्रो यस नगरको काखमा रहेको प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिरको दर्शन गर्नका निम्ति आउने गर्दछन्। यसै गरी नाग भैरवको मन्दिर, मालिका मन्दिर ,जल्पादेवी मन्दिर, जिता भयर थान मन्दिर आदि धार्मिक स्थलले आफनो छुट्टै अस्तित्व  बोकेका छन् ।

Contact

सम्पर्क

Pages