FAQs Complain Problems

मध्यनेपाल नगरपालिकाको र्सक्षिप्त परिचय

नेपालको मध्यभागमा मीदिम र पिस्ति खोलाको संगम तटमा अवश्थित यस मध्यनेपाल नगरपालिका लम्जुङ्गको १० ओटा गा. बि. सा.( जिता, तान्द्धङ टक्सार, सुर्यापाल, रम्घा, समिभञ्यङ, भोर्लेटार, इशानेश्वर, करापू, बाङग्रो र नेटा) लाई समेटेर २०७३ सालमा यस मध्यनेपाल नगरपालिकाको नामकरण गरि घोषण गरिएको हो। काठमाडौबाट १८० कि.मी पश्चिम तथा पेखराबाट ३२ कि.मी पूर्वमा अवश्थित यस मध्यनेपाल नगरपालिका ४ नं प्रदेश अन्तर्गत लम्जुङ्ग जिल्लाको एक ब्यपारिक केन्द्ध भोर्लेटारमा पर्दछ। यो नगरपालिकालाई पूर्वमा सुन्दरबजार नगरपालिका, पश्चिममा कास्की जिल्ला र दक्षिणमा व्यस नगरपालिकाले घेरिएको छ। ११३.८६ वर्ग कि.मी क्षेत्रपmलमा फैलिएको यस नगरपालिकाको २०६८ सालको जनगणना अनुसार १२,९१४ महिला र १०,४६९ पुरुष गरि जम्मा २३,३८३ जनसंख्या रहेको छ। शिक्षको क्षेत्रमा हाम्रो यस नगर धरै अघाडी रहेको र करिब ९० प्रतिशत जनसंख्य साक्षर रहेकाछन्। यस नगरपालिकामा मुख्या जातिको रुपमा गुरुङ्ग, ब्राह्ण, क्षेत्री, नेवार, मगर, दुरा, कामी आदि रहेका छन् भने नेपालि लोक संगितमा दुर्लभ मानिने ठाडोभाका लोक गितको जन्मथलो मानिने यस क्षेत्रमा बिभिन्न जातिय तथा परम्परागत नृत्यहरु पनि छन्। जसमा घाटु, चुड्का, कौरा र परम्परागत तिजका गित तथा नृत्यहरु यस नगरपालिकाका सर्वाधिक लोकप्रिय संकृतिहरु हुन्। नगरवासिहरु आंसिक रुपकमा जागिरे, व्यपार र वैदेशिक रोजगारिमा संलग्न भयतापनि कृषि नै मुख्या आर्थिक स्रोत रहेको छ। खहरे, गोल्यङदि, रिस्ति, चर्दि, मिदुङ, पिस्ति जस्ता खोलाका काखमा रहेका फाटहरु उर्भर र सदबाहर छन्। हरेक बर्ष हिन्दुहरुको माहान पर्व शिवरात्रिको अवशर पारेर हजारै श्रदालु भतmजनहरु हाम्रो यस नगरको काखमा रहेको प्रसिद्घ धार्मिक स्थल इशानेश्वर माहादेव मन्दिरको दर्शन गर्नका निम्ति आउने गर्दछन्। यसै गरी नाग भैरवको मन्दिर, मालिका मन्दिर ,जल्पादेवी मन्दिर, जिता भयर थान मन्दिर आदि धार्मिक स्थलले आफनो छुटै असतित्व वोकेका छन् । विकासको त्रममा हेर्ने हो भने नगरपालिका स्थापना पुर्व नै यस क्षेत्रमा बाटो,विजुली,खानेपानी,शिक्षा,स्वास्थ,टेलिफोन, जस्ता भैतिक पुर्वधारहरु २÷३ नगरबासिले उपभोग गरिसकेका थिए भने नगरपालिका स्थापना पश्चात उतm भौतिक सुविधाहरु त्रमबद्घ रुपमा न.पा.को सम्पुर्ण क्षेत्रमा विस्तार गर्न नगरपालिका निरन्तर रुपमा लागि परेको छ। शिक्षाको क्षेत्रमा हेर्ने हो भने,यस नगरमा जम्मा ४६ सरकारी, ७ निजि र १ बाल बिकास केन्द्र सञ्चालनमा रहेका छन । नेपाल सरकारले तोकिएको मापदड र सेवा सुविधाको आधारमा नमुना विधालयको रुपमा परिचित मंगला मा.वि यसै नगरको चिनारी हो । यस नगरका सत प्रतिशत नगरवासिले विधुत सेवा उपभोग गर्न पाएका छन् भने यातयातको क्षेत्रमा १८ कि.मि कालोपत्र÷पक्कि सडक, ३४कि.मि ग्राभेल सडक र २३० कि.मि कच्चि सडक रहेका छन्। यस नगरको प्रमुख आर्थिक केन्द्र भोलेटार, रामबजार, दुइपिप्ले, र सोतिपसल हाम्रो छिमेकि जिल्ला तनहुँको सदरमुकाम दमौलिसँग पल्कि सडकले जोडिएको हुदा बजार व्यबस्थापनका लागि सहज मानिन्छ । ।अन्तमा स्थानिय स्वायता निकायको रुपमा कार्यरत यस नगरपालिकाले नगरवासिहरुमा आफ्नो सेवाहरु सर्वसुलभ र छिटोछरितो रुपमा उपलब्ध गराउनका साथै सफा खानेपानि, यातयात सुविधामा सुधार गरी, महिला जनजाति तथा पिछाडिएको वर्ग र समुदायमा सामाजिक सेवा उपलब्ध गराउन पुर्वधारहरुको स्थापनामा सहयोग गर्ने उन्नत् कृषि प्रणाली,सामुदायिक वन उपभोत समितिलाई क्रियाशिल पार्न तथा वातवरणीय सन्तुलन कायम राख्ने कार्यमा सहयोग पु¥याउने, सहरी क्षेत्रको सरसफाई, ल्याडफिड साइट, पशुवाधशालय, ब्यावश्थित वसपार्क तथा रंगशाला निमाण, कालो पत्रो तथा ढल निकासको कार्यक्रमलाई प्राथमिकता दिने र चरणवद्ध रुपमा शहरि पूर्वधार श्रृजना गदै जाने, प्राकृतिक सौद्याता र सास्कृतिक धरोहरहरुको संरक्षण र सम्र्वधनका साथै पर्याटकिय महत्वलाई उजागर गर्ने लक्ष्य लिई आफ्नो स्रोत र साधनको भ्याएसम्म अबिरल गतिमा अघाडि वढी रहेको र यस नगरपालिकालाई बिभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाले सहयोग गरि अंहम भुमिका खेलिरहेका छन्।