FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु , विवाह , सम्बन्ध बिच्छेद , बसाई सराई)

सेवा प्रकार:

लाग्ने समय: 
सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घटना भएको ३५ दिन सम्म नि:शुल्क , सो मितिपछि रु ५०
आवश्यक कागजातहरु: 

जन्म दर्ता:
 मूलीको सूचना फाराम
 बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
 आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता
 मृत्यु दर्ता:
 मूलीको सूचना फाराम
 मृतकको नागरिकता
 सूचकको नागरिकता
 विवाह दर्ता
 पति र पत्नीको  संयुक्त सूचना फाराम
 पति र पत्निको माईति पट्टीकेो नागरिकता (माईति पट्टीकेो नागरिकता नभए जन्मदर्ता र शैक्षिक
योग्यता प्रमाणपत्र)
 बाबु बाजे नाम खुलेको सक्कल प्रमाणलिई पति र पत्नी दुवै उपस्थित हुने
 बसाई सराइ:
 मुलीको सूचना फाराम
 सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
 वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
 वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको
कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र
जन्म मिति
 सम्बन्ध विच्छेद:

 सूचना फाराम
 अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत