FAQs Complain Problems

हाम्रो पात्रो

वडा नं ४ (रम्घा)

Undefined

वडा नं ३(सुर्यपाल)

Undefined

वडा नं २(तान्द्राङ्ग टक्सार)

Undefined

मध्यनेपाल नगरपालिकाको र्सक्षिप्त परिचय

नेपालको मध्यभागमा मीदिम र पिस्ति खोलाको संगम तटमा अवश्थित यस मध्यनेपाल नगरपालिका लम्जुङ्गको १० ओटा गा. बि. सा.( जिता, तान्द्धङ टक्सार, सुर्यापाल, रम्घा, समिभञ्यङ, भोर्लेटार, इशानेश्वर, करापू, बाङग्रो र नेटा) लाई समेटेर २०७३ सालमा यस मध्यनेपाल नगरपालिकाको नामकरण गरि घोषण गरिएको हो। काठमाडौबाट १८० कि.मी पश्चिम तथा पेखराबाट ३२ कि.मी पूर्वमा अवश्थित यस मध्यनेपाल नगरपालिका ४ नं प्रदेश अन्तर्गत लम्जुङ्ग जिल्लाको एक ब्यपारिक केन्द्ध भोर्लेटारमा पर्दछ। यो नगरपालिकालाई पूर्वमा सुन्दरबजार नगरपालिका, पश्चिममा कास्की जिल्ला र दक्षिणमा व्यस नगरपालिकाले घेरिएको छ। ११३.८६ वर्ग कि.मी क्षेत्रपmलमा फैलिएको यस नगरपालिकाको २०६८ सालको जनगणना अनुसार १२,९१४ महिला र १०,४६९ पुरुष गरि जम्मा २३,३८३ जनसंख्या रहेको छ। शिक्षको क्षेत्रमा हाम्रो यस नगर धरै अघाडी रहेको र करिब ९० प्रतिशत जनसंख्य साक्षर रहेकाछन्। यस नगरपालिकामा मुख्या जातिको रुपमा गुरुङ्ग, ब्राह्ण, क्षेत्री, नेवार, मगर, दुरा, कामी आदि रहेका छन् भने नेपालि लोक संगितमा दुर्लभ मानिने ठाडोभाका लोक गितको जन्मथलो मानिने यस क्षेत्रमा बिभिन्न जातिय तथा परम्परागत नृत्यहरु पनि छन्।

Pages