FAQs Complain Problems

हाम्रो पात्रो

४०.मध्यनेपाल नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धि ऐन, २०७८

स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्न, प्राकृतिक स्रोतको समुचित उपयोग एवं दीगो व्यवस्थापन गर्न, वातावरण र विकासबीच सन्तुलन कायम गर्न तथा प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण गर्न वाञ्छनीय भएकाले,

नेपालको संविधानको धारा २२१ बमोजिम अनुसूची ८ र अनुसूची ९ मा उल्लेखित वातावरण, प्राकृतिक स्रोत र जैविक विविधता सम्बन्धी स्थानीय तहको अधिकार कार्यान्वयनका लागि कानूनी व्यवस्था गर्न, मध्यनेपाल नगरपालिकाको नगर सभाले मिति २०७८/०३/१८ मा यो ऐन जारी गरेको छ।

३९.मध्यनेपाल नगरपालिका प्राविधिक शिक्षालय सञ्चालन कार्यविधि

आधारभूत तथा मध्यम स्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको व्यवस्था तथा सिपको स्थर निर्धारण एवम् प्रमाणीकरण गरी कार्यन्वयन गर्नवान्छनीय भएकाले मध्यनेपाल नगरपालिकाको प्रशासकीय कार्यविधि (निर्माण गर्ने) ऐन, २०७४ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी मध्यनेपालनगर कार्यपालिकाले मिति २०७८/०२/२७ मा निर्णय गरी यो कार्यविधि जारी गरेको छ |

३८.उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि २०७८

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्र भित्रको विकास निर्माण सम्वन्धि कार्य संचालनको लागि गाउँ पालिका/नगरपालिकाले उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन गर्न आवश्यक देखिएकोले मध्यनेपाल नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४ को दफा ४ बमोजिम नगर कार्यपालिकाले मिति २०७८/०२/२७ मा निर्णय गरी यो कार्यविधि जारी गरेको छ ।

Pages