FAQs Complain Problems

समाचार

डडुवा गाउँ म.ने.न.पा. वडा नं ८

Read More

राक्सेकालिका मन्दिर म.ने.न.पा. वडा नं १

Read More

सोतिपसल बजार

Read More

ईशानेश्वर महादेवको मन्दिर, करापुटार

Read More

मध्यनेपाल नगरपालिकाको र्सक्षिप्त परिचय

 नेपालको मध्यभागमाअवस्थित प्रसिद्ध धार्मिक स्थल ईशानेश्वर माहादेवको काखमा रहेको  यस मध्यनेपाल नगरपालिका लम्जुङ्गको १० ओटा गा. बि. स.( जिता, तान्द्रङ टक्सार, सुर्यपाल, रम्घा, समिभञ्यङ, भोर्लेटार, इशानेश्वर, करापू, बाङ्ग्रे र नेटा) लाई समेटेर २०७३ सालमा यस मध्यनेपाल नगरपालिकाको नामाकरण गरि घोषणा गरिएको हो। काठमाडौबाट १८० कि.मी पश्चिम तथा पोखराबाट  ३२ कि.मी पूर्वमा अवस्थित यस मध्यनेपाल नगरपालिका  गण्डकी प्रदेश अन्तर्गत लम्जुङ्ग जिल्लाको एक व्यापारीक केन्द्र  भोर्लेटारमा पर्दछ। यो नगरपालिकालाई पूर्वमा सुन्दरबजार नगरपालिका, पश्चिममा कास्की जिल्ला र दक्षिणमा ब्यास नगरपालिकाले घेरिएको छ।

                ११३.८६ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको २०६८ सालको जनगणना अनुसार १२,९१४ महिला र १०,४६९ पुरुष गरि जम्मा २३,३८३ जनसंख्या रहेको छ। शिक्षाको क्षेत्रमा हाम्रो यस नगर धरै अघाडी रहेको र करिब ९० प्रतिशत जनसंख्य साक्षर रहेकाछन्।

                यस नगरपालिकामा मुख्य जातिको रुपमा गुरुङ्ग, ब्राह्मण, क्षेत्री, नेवार, मगर, दुरा, कामी आदि रहेका छन् भने नेपाली लोक संगीतमा दुर्लभ मानिने ठाडोभाका लोक गीतको जन्मथलो मानिने यस क्षेत्रमा बिभिन्न जातिय तथा परम्परागत नृत्यहरु पनि छन्। जसमा घाटु, चुड्का, कौरा र परम्परागत तिजका गित तथा नृत्यहरु यस नगरपालिकाका सर्वाधिक लोकप्रिय संकृतिहरु  हुन्।

                नगरवासिहरु आंसिक रुपमा जागिरे, व्यापार र वैदेशिक रोजगारिमा संलग्न भयतापनि कृषि नै मुख्य आर्थिक स्रोत रहेको छ। खहरे, गोल्यङदि, रिस्ति, चर्दि, मिदिम, पिस्ति जस्ता खोलाका काखमा रहेका फाटहरु उर्भर र सदाबाहार छन्।

हरेक बर्ष हिन्दुहरुको  महान पर्व शिवरात्रिको अवशर पारेर हजारौँ श्रदालु भक्तजनहरु हाम्रो यस नगरको काखमा रहेको प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिरको दर्शन गर्नका निम्ति आउने गर्दछन्। यसै गरी नाग भैरवको मन्दिर, मालिका मन्दिर ,जल्पादेवी मन्दिर, जिता भयर थान मन्दिर आदि धार्मिक स्थलले आफनो छुटै अस्तित्व  बोकेका छन् ।

पदाधिकारी

रमेश कुमार पाण्डे
नगर प्रमुख
rameshpanday1001@gmail.com
९८५६०१४१११
राज कुमार श्रेष्ठ
उप– प्रमुख
९८४६१९२५५५
नर बाहादुर खड्का
प्रमुख प्रशासकीय अधिकृत
khadkakedarnk@gmail.com
९८५६०१६१११

सूचना अधिकारी

श्रीप्रसाद भट्टराई
     उप-सचिव
९८४१५०६१६१
shreepdb101@gmail.com

 

Services

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

 निवेदन
 नागरिकताको प्रतिलिपी
 जग्गा धनी प्रमाणपूर्जा
 घरनक्सा पास इजाजत पत्र

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

  निवेदन
 जग्गाधनी दर्ता प्रमाणपूर्जा
 जग्गाको प्रमाणित नक्शा

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- प्राबिधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका प्राबिधिक शाखा
सेवा शुल्कः- नि : शुल्क
आवश्यक कागजातहरुः-

 निवेदन
 ना.प्र.प.को प्रतिलिपी 
 प्राविधकले गरेको स्थलगत प्रतिवेदन
 कन्सल्टेन्सी वा प्राईभेट इन्जिनियर को प्राबिधिक प्रतिबेदन
 घरको चारै दिशा बाट फोटो

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन सम्पन्न भएको मितिले १५ दिन पछी निवेदक उपस्थित भएको बखत
जिम्मेवार अधिकारीः- प्राबिधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका प्राबिधिक शाखा
सेवा शुल्कः- नक्सापास किताब रु ७०० र नक्सापास स्वीकृत दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरुः-

 निवेदन
 ना.प्र.प.को प्रतिलिपी 
 जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपी 
 चालु आ.व.मा बुझाएको मालपोत रसिद
 प्रमाणित नापी नक्सा 
 घरको डिजाइन नक्सा

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

  निवेदन, 
  नागरिकता प्र.पत्र / जग्गाधनी पूर्जाको प्रतिलिपी

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५०० र नेपाल बाहिराको सेवाको हकमा रु १०००
आवश्यक कागजातहरुः-

 संवन्धित व्यक्तिको निवेदन र सो संग संवन्धित प्रमाण कागज
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि

Pages

जानकारी