आ.ब २०७४/०७५ नगर नीति कार्यक्रम तथा बजेट बक्तब्य

नगर प्रमुख श्री रमेश कुमार पाण्डेद्घारा प्रस्तुत आ.व.०७४÷०७५ को मध्यनेपाल नगरपालिकाको नीति,कार्यक्रम तथा बजेट बक्तव्य

यस कार्यक्रमका अध्यक्ष  नगर उप प्रमुख श्री राज कुमार श्रेष्ठ ज्यू
यस मध्यनेपालन नगरपालिकाको कार्यकारी अधिकृत ज्यू
हालै सम्पनन स्थानिय तहको निर्वाचन बाट निर्वाचित वडा अध्यक्ष ज्यूहरु तथा सदस्य ज्यूहरु
नगर स्तरीय कार्यालय प्रमुख ज्यूहरु
राष्ट्रसेवाक कर्मचारी ज्यूहरु
सुरक्षाकर्मी साथीहरु
विभिन्न संचार माध्यमका साथिहरु
हाम्रो निमन्त्रणलाई स्वीकार गरी पाल्नुहुने गन्यमान्य भद्रभलाद्मी, महिला,दिदी बहिनी तथा सम्पूर्ण नगरबासी दाजुभाईहरु

          सर्वप्रथम म लोकतन्त्र,बहुलबाद,नागरिक स्वतन्त्रता र विभिन्न चरणका लोकतान्त्रीक आन्दोलनमा ज्यानको आहुति दिनुहुने राष्ट्र सपुत ज्ञात अज्ञात  शहिदहरु प्रति हार्दिकता पूर्वक श्रद्घाञ्जली अपर्ण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना गर्दछु साथै शहिद परिवारमा हार्दिक सम्मान व्यक्त गर्दछु ।जनताको लागि जनताद्घारा जनताको सरकार भन्ने मान्यतालाई पूर्ण रुपले आत्मसात गर्दै सम्पूर्ण नगरवासीमा आर्थिक वर्ष २०७४÷०७५ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउदाँ मलाई ज्यादै हर्ष साथै गहन जिम्मेवारी बोध भएको छ । निशन्देश पनि म र मेरो टिमले यो जिम्मेवारीलाई निष्ठा पूर्वक पुरा गरी सम्पूर्ण नगरवासीमा माया,न्याय र सन्तुलित विकासको फल दिनेछ भन्नेमा म पूर्ण रुपले विस्वस्त छु ।
अध्यक्ष महोदय,
           लोकतान्त्रीक विद्यि,नीति,कार्यप्रणाली र कार्यशैलिलाई व्यवहारमा स्थानिय तहमा संस्थागत गर्दै नगरबासीको विकास प्रतिको चाहानालाई सम्बोधन गर्न उपलब्ध स्रोत,साधन र क्षमताको उच्चतम प्रयोग र परिचालन मार्फत नगर सुशासन सहितको दीगो र न्यायोचित विकास गर्न यस मध्यनेपाल नगरपालिका हरपल तत्पर रहने छ ।
अध्यक्ष महोदय,
            वर्तमान स्थानीय तह जनताको सबैभन्दा नजिक र समिपमा रहेर काम गर्ने स्थानिय सरकार हो । स्थानिय स्तरमा रहेका जनताका जन अपेक्षाहरुलाई पूर्ण रुपले सम्बोधन गर्न सकियोस,विकासको प्रतिफल सबै नगरबासीमा सन्तुलित,समावेशी र समानुपातिक तरिकाले प्रभावकारी ढंगले पुग्न सकोस साथै न्यायोचित विकासको अनुभूति सबै नगरवासीले गर्न सकुन भन्ने पवित्र मनसायले म आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न गैरहेको छु । यस नीति, कार्यक्रम तथा बजेट तयार गर्ने शिलशिलामा निम्न लिखित विषय बस्तु तथा दस्तावेजहरुलाई आधार मानेर तयार गरेको छु । ति विषयवस्तु तथा दस्तावेजहरु यस प्रकार छन् ।
    नेपालको संविधान २०७२
    संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयबाट समय समयमा प्राप्त परिपत्र,निर्देशन तथा स्थानिय तहको लागि निर्माण भएका नमूना कानूनहरु 
    मिति २०७४÷०३÷२६ गते यस नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा यस नगरपालिकाका गन्य मान्य, भद्र भलादमी तथा विकास प्रेमी नागरिकहरुले व्यत्त गरेका अमूल्य सुझावहरु
    समय समयमा नगरपालिकामा आई सुझाव दिनुहुने गन्यमान्य, भद्र भलादमी एवं शुभचिन्तक नगर वासीका भनाईहरु
    नगरपालिकाले तयार पारेको ५ वर्षे विकास शोच तथा संकल्प पत्र
    जननिर्वाचित वडा अध्यक्ष ज्यूहरुले वडा वडामा वडा भेला आयोजना गरी ल्याउनु भएका वडा भेलाका सुझाव तथा वडा अध्यक्ष ज्यूहरुले दिनुभएका  रचनात्मक  सुझाव आदि ।

नगरपालिकाले तयार पारेको ५ वर्षे विकास शोच तथा संकल्प पत्रलाई निरन्तरता दिदै नगरबासीको बृहत्तर हित तथा विकास प्रतिको चाहनालाई यथोचित संबोधन गर्न निम्न लिखित नीति तथा कार्यक्रम लिएको छु ।

भौतिक पूर्वाधार तथा सडक यातायात 
    नगरपालिका भित्रका सबै वडा तथा बस्तीहरुमा यातायातको सहज पहूँचको लागि सडक संजाल ९च्यबम ल्भतधयचप० को विस्तार गर्दै लगिने छ ।
    उपभोक्ता र नगरपालिकाको लागत सहभागितामा आधारित कार्यक्रम अगाडी बढाई सडक कालोपत्रे,ग्राबेल र स्तरोन्नती गरिने छ ।
    नगरपालिका स्तरीय सडक यातायात गुरुयोजना ९ःबकतभच एबिल० निर्माण गरी क्रमश कार्यान्वयनमा ल्याईने छ ।
    सार्वजनिक जग्गा,नदी,धार्मिक धरोहरको रुपमा रहेको धार्मिक स्थलका जग्गा,एवं सडक अतिक्रमण गर्ने कार्यलाई पूर्ण रुपले निरुत्साहित गरिने छ ।
    नेपाल सरकारले तर्जुमा गरी कार्यान्वयनमा ल्याएको भवन निर्माण मापदण्ड २०७२,राष्ट्रिय भवन संहिता ९ द्यगष्मिष्लन ऋयमभ० लाई प्रभावकारी तरिकाले कार्यान्वयनमा ल्याईने छ ।
    भवन निर्माण लागि नगरपालिकाले स्वीकृत दिएका निर्माण व्यवसायिले मात्र निर्माण कार्य गर्न पाउने व्यवस्थालाई कार्यान्वयनमा ल्याईने छ ।
    बनिसकेका घर तथा भौतिक संरचनालाई अभिलेखिकरण मार्फत रेकर्ड कायम गरी राखिने छ ।
    अल्पसंख्यक दुरा जाती, कुमाल जाती, बाटे जाती, बादी आदीको आर्थिक सम्बृद्धि गरिने योजनाहरु ल्याईने छ ।
    युवाहरुलाई हेल्थ क्लबहरु खोली शारीरिक र मानसिक रुपले मजबुत बनाईने छ ।
    भोर्लेटार, दुईपिप्ले, चर्दी सोतीपसल लाई आधुनिक शहर बनाइने छ ।
    ईशानेश्वरको काखमा रहेको रामबजारलाई धार्मिक संस्कृतिक शहरको रुपमा विकास गरिने छ ।
    उज्यालो नगर बनाउन सोलार बत्ती नगरको सबै बजारमा राखिने छ ।
    भूकम्प पिडितलाई राहत सम्बन्धी प्याकेज ल्याइने छ ।

शिक्षा ,स्वास्थ्य ,खेलकुद तथा सांस्कृति
    सरकारी विद्यालय,स्वास्थ्य चौकिको स्तरोन्नती भौतिक पूर्वाधार विकासका लागि आवश्यक रकम विनियोजन गरी प्रभावकारी कार्यान्वयन गरिने नीतिलाई निरन्तरता दिईने छ ।
    यस मध्यनेपाल नगरापालिका पूर्ण खोप शुनिश्चितता घोषणा भै सकेकाले यसको दिगोपनालाई निरन्तरता दिईने छ ।
    नगरक्षेत्रको गरिमा बोकेको ऐतिहासिक ईशानेश्वर महादेव,जाल्पादेवी,नाग भैरव, मालिका लगायत मन्दिर संरक्षण साथै प्रचार प्रचार गरिने छ ।
    धार्मिक पर्यटनलाई जोड दिईने छ ।
    भूकम्पमा क्षति पुगेका स्कूल,कलेज,धार्मिक मठमन्दिरको भौतिक निर्माणका लागि आवश्यक सहयोगका साथै सम्बन्धीत निकायमा आवश्यक पहल र समन्वय गर्ने नीति लिईने छ ।
    नगरस्तरिय युवा तथा युवा क्लबहरुलाई खेलकुद,व्यायमशाला संचालनका लागि प्रोत्साहित गरिने छ ।
    जेष्ठ नागरिकलाई ६÷६ महिनामा घर घरमा गई स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरीने छ ।
    भोर्लेटार र सूर्यपालमा १५÷१५ शैयाको अस्पताल निर्माण गरिने छ ।
खानेपानी तथा सरसफाई सम्बन्धी नीति
    फोहोरमैला व्यवस्थापनलाई चुस्त बनाउनका लागि घरघरमा नकुहिने र कुहिने फोहोरलाई छुट्याउन लगाई कुहिने लाई मल बनाउने र नकुहिनेलाई जम्मा गरी बेचेर मोहरमा रुपान्तरण गर्ने साथै कामै नलाग्ने फोहोरलाई समय तालिका बनाई नगरपालिाले फोहोर उठाउने नीति लिनेछ ।
    नगर क्षेत्रको फोहोर व्यवस्थापनको लागि ल्याण्ड फिल्ड साईटको खोजी गरिनेछ ।
    नगर बसपार्क निर्माण गरी कार्यान्वयनमा ल्याईने छ ।
    आवश्यक सार्वजनिक स्थानमा सार्वजनिक शौचालय निर्माणमा जोड दिईनेछ ।
    सरसफाई सम्बन्धी जनचेतनामा जोड दिइने छ ।
    खानेपानीको स्रोतको पहिचान गरी शुद्घ खानेपानीको व्यवस्था सबै नगरवासीमा गरिने छ ।

कृषि, पशुपालन,सिंचाई र बन सम्बन्धी नीति
    हरियो वन नगरवासीको धन भन्ने नारालाई संस्थागत गरिने छ ।
    नगरका वडा वडामा,टोल र वस्तीमा वृक्षारोपण गरिने छ ।
    खेती योग्य जमिनको खण्डीकरण लाई रोकथाम गरी उचित सिंचाईको व्यवस्था गरिने छ ।
    दुग्ध,माछा र मासुले आत्मनिर्भर नगरपालिका बनाउन जोड दिईने छ ।
    पुराना कुलो तथा नहरको मर्मत सम्भारमा जोड दिईने छ ।
    नगरका वडाहरुमा मौरीपालन, तरकारी खेती र अलैंची,अम्रिसो खेती प्रर्वधन गरिने छ ।
    कुखुरा,बाख्रा र वंगुरपालनलाई व्यवसायिकरण गर्दै लगिने छ ।
    वडा वडामा सहकारीताको मान्यता विकास र सचेतना फैल्याई समुदायमा आधारित सहकारीको विकास र प्रबद्र्दन गरिने छ ।
    एक हजार भन्दा बढी कुखुरा पालन गर्ने युवा उद्यमी तथा कृषकलाई खोरमा उचित अनुदान दिईने छ ।
    मिदिम,मादी,रिस्तीमा माछापालन व्यवसाय गर्ने कृषकलाई उचित अनुदान दिईने छ ।
    मध्यनेपाललाई माछाले आत्म निर्भर बनाई निर्यात गरी आय आर्जन गर्ने वातावरण सृजना गरी माछाको हबको रुपमा विकास गरिने छ ।

पर्यटन सम्बन्धी नीति
    सुन्दर र मनोरम दृश्यावलोकनको लागि नगर क्षेत्रमा भ्यू टावर निर्माण गरिने छ ।
    नगर क्षेत्रको ऐतिहाँसिक,धार्मिक मठ मन्दिर र शक्ति पिठहरुको प्रचार प्रसार गरी धार्मिक पर्यटनमा जोड दिईने छ ।
    नगर क्षेत्रका सम्भाव्य क्षेत्रमा होम स्टेको प्रचार प्रसार गरी ग्रामिण पर्यटनमा जोड दिईने छ ।
    नगर क्षेत्रको सम्भाव्य क्षेत्रमा पदयात्राको पहिचान गरिने छ ।
    यस नगरपालिकाको वडा नं ४ रम्घामा आदिकवी भानुभक्त र घांसी संवाद पार्कको निर्माण कार्यमा जोड दिईने छ।
    दलितको समस्या पहिचान गरी प्रत्येक वर्ष एउटा दलित वस्तीलाई नमूना गाँऊको रुपमा विकास गरिने छ ।
    मध्यनेपाल नगरपालिकालाई क्रमश स्मार्ट सिटीको अवधारणा अनुरुप विकसित गरिने छ ।
    नयाँ र आकर्षक पर्यटकीय गन्तव्य स्थल तथा पदमार्गको खोजी गर्दै लगिने छ ।
    गुरुङ पहिचान बोकेको डडुवा दुर्छालाई नमुना गाँउ सहित होम स्टेको रुपमा अगाडी बढाईने  छ ।
अन्यनीति
    सडक मापदण्ड पुगेका सडक वरीपरी वृक्षारोपण र फूल रोपण गरी सुन्दर र हरीयाली शहर निर्माणमा जोड दिईने छ ।
    नगर विकास गुरुयोजना निर्माण तथा तर्जुमा गरी कार्यान्वयन गरिने छ ।
    यथाशक्य चाँडो एकिकृत सम्पत्ति कर लागू गरिने छ ।
    नगरपालिकाका सबै वडामा यस आर्थिक वर्ष भित्रै क्ष्लतभचलभतसेवा प्रवाह गरिने छ ।
    सबै वडामा भएका जनसरोकार संबन्धित कामकारवाहीलाई निरन्तर, नियमित साथै सुचारु अनुगमन र मूल्याङ्कन गरिने छ ।
    रमेर काम गरौं हाँसेर सेवा गरौं भन्ने मान्यतालाई आजैको दिन देखि संस्थागत गर्दै लगिने छ ।
    सार्वजनिक सेवा प्रवाहलाई सरल,सहज,प्रभावकारी,कानून, नीति, विधि र पद्घति सम्मत तरिकाले संचालन गरिने छ ।
    नीति र सार्वजनिक भवन बनाउँदा राष्ट्रिय भवन संहिता ९द्यगष्मिष्लन ऋयमभ० को कार्यान्वयनमा जोड दिईने छ ।
    मातृ स्वास्थ्य,प्रजनन स्वास्थ्य लगायतका स्वास्थ्य सम्बन्धी विविध सेवा प्रवाहको साथै विभिन्न कार्यक्रमहरु संचालन गरिने छ ।
    महिला तथा लैंगिक हिंसालाई निराकरण गरिने छ ।
    गैर सरकारी संस्थालाई विकासको साझेदारीको रुपमा लिई तिनका विकास र क्रियाकलापलाई  निरन्तर अनुगमन गरिने छ ।
    सबै प्रकारका बालश्रम,शोषणको अन्त्य गरिने छ ।
    शिक्षालाई जीवनोपयोगी,सिपयुक्त,समय सान्दर्भिक र गुणस्तरिय बनाईने छ ।
    नगरवासीमा कर तिर्ने बानिको विकास गरिने छ ।
    नगर क्षेत्रका सार्वजनिक जग्गाको लगत तयार गरिने छ ।
    धुवा रहित भान्सा घरको विकासको लागि सुधारिएको चुल्होको प्रयोगमा जोड दिईने छ ।
    मध्यनेपाल नगरपालिका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नगरपालिका संँग भगिनी सम्बन्ध ९क्ष्कतभचजययम च्भबितष्यलकजष्उ० कायम राख्न पहल गरिने छ ।
    सबै वडालाई जोडी बृहत लिंक रोड निर्माण गरिने छ ।
    आमा समुहलाई सिपमूलक तालिम दिई रोजगार दिलाईने छ ।
    १ वर्ष भित्र नगर बस संचालन गरिने छ ।
    प्रत्येक वडामा खेलकुद मैदान निर्माण तथा रम्घाको दुईपिप्लेलाई राष्ट्रिय स्तरको रंगशाला निर्माणमा निरन्तरता दिईने छ ।
    माथि उल्लेखित नीति तथा कार्यक्रममा नपरेका तर नगरपालिकले निरन्तर गरिरहनु पर्ने कार्यक्रमहरु ५ वर्षे विकास शोच तथा संकल्प पत्रमा उल्लेखित कार्यक्रमलाई निरन्तरता दिईने छ ।

       उपर्युक्त नीति तथा कार्यक्रम कार्यान्वयनको निमित्त मध्यनेपाल नगरपालिकाले आ.व.२०७४÷०७५ मा वित्तिय समानिकरण तर्फ १६,६४,६१,०००÷– सशर्त पूँजिगत अनुदान तर्फ १५,२६,१७,०००÷– संघिय संरचना पूर्वाधार विकास कार्यक्रममा ४८,००,०००÷– आन्तरिक आय मा ४०,००,०००÷– राजश्व बाँडफाँड रजिष्ट्रेशन शुल्कमा ८,००,०००÷– राजश्व बाँडफाँड प्राकृतिक स्रोतमा बाट १,५०,०००÷–  स्थानिय निकाय सशर्त अनुदान ५,२५,८३,०००÷– गत आ.व.को अ.ल्या.३३,५१,४४५÷– गरी जम्मा ३८,४७,६२,४६५ ÷– हुने अनुमान गरेको छु ।

          व्यय तर्फ चालु खर्चमा निशर्त रु. ४,१६,१५,२५०÷– पूँजिगत तर्फ वित्तिय समानिकरण र संघिय संरचना पूर्वाधार विकास कार्यक्रम तर्फ रु.१३,७९,४५,७५०÷– सशर्त अनुदान तर्फ रु. १५,२६,१७,०००÷– स्थानीय विकास सशर्त अनुदान तर्फ (सामाजिक सुरक्षा) रु. ५,२५,८३,०००÷– गरी जम्मा रु.३८,४७,६१,०००÷– र बाँकी रकम रु. १,४६४÷– बचत हुनेछ ।

प्रस्तुतकर्ता
रमेश कुमार पा०८े
नगर प्रमुख
मध्यनेपाल नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
भोर्ले६ार, लमजुञ्